Comments Add Comment

अष्ट्रेलिया पाँचौ पटक महिला टी २० विश्वकप च्याम्पियन

काठमाडौं । अष्ट्रेलियाले पाँचौ पटक महिला टी२० विश्वकपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको सातौं संस्करणको विश्वकपमा भारतलाई फाइनलमा ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टी २० विश्वकप २०२० को उपाधि जितेको हो ।

महिल टी २० विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले यसअघि २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो । २००९ को पहिलो संस्करण इंग्ल्याण्डले जितेको थियो भने २०१६ मा वेष्ट इन्डिज च्याम्पियन बनेको थियो ।

समूह चरणमा अष्ट्रेलिया भारतसंग पराजित भएको थियो । फाइनलमा अष्ट्रेलियाले त्यसको बदला मात्र लिएन खेल नै एकपक्षिय जस्तै बनेको थियो । ओपनरद्वय एलिसा हेली र बेथ मुनीको अर्धशतकमा अष्ट्रेलियाले भारतलाई १८५ रनको उच्च लक्ष्य दिएको थियो । बलिङमा पनि मेगन स्कट र जेस जोनासनले उत्कृष्ट बलिङ गर्दै ७ विकेट बाँडेपछि अष्ट्रेलियाले भारतलाई ९९ रनमै अलआउट गर्‍यो ।

मेलवर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट मात्र गुमाएर १८४ रन बनाएको थियो । ओपनरद्वय हेली र मुनीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । हेलीले ३९ बलमा ७ चौका र ५ छक्का मद्दतमा ७५ रन बनाए । यस्तै मुनीले अविजित ७८ रन जोडे । उले ५४ बल खेल्दै १० चौका प्रहार गरे । कप्तान मेग लानिङले १६ रन जोडिन् । भारतकी दिप्ती शर्माले २ विकेट लिइन् ।

उच्च लक्ष्य पछ्याएको भारत अष्ट्रेलियाको बलिङसामु टिक्न नसक्दा ५ बल अगावै ९९ रनमा अलआउट भयो । ३० रन हा शुरुवाती ४ विकेट गुमाएको भारतका लागि दिप्ती शर्माले नै सर्वाधिक ३३ रन बनाइन् । चौथो विकेटका लागि दिप्ती र भेदा कृष्णमुर्तिले २८ रनको साझेदारी गर्नु नै भारतको ठूलो साझेदारी बन्यो । भेदा कृष्णमुर्तिले १९, ऋचा घोषले १८ र स्मृति मन्डानाले ११ रन जोडिन् । बाँकी खेलाडीले दोहोरो जोडन सकेनन् ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेकी भारतकी १६ वर्षीया सफाल वर्मा फाइनलमा २ रनमै आउट भइन् ।

भारतलाई अलआउट गर्न अष्ट्रेलियाका मेगन स्कटले ३.१ ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिइन् । यस्तै जोनासेनल ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अष्ट्रेलियाका हेली खेलको प्लेअर अफ दि म्याच घोषित भइन् । अष्ट्रेलियाकै बेथ मुनी प्लेअर अफ दि सिरिज घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment