Comments Add Comment

एक अर्ब स्मार्टफोन प्रयोगकर्तामाथि साइबर हमलाको खतरा

स्मार्टफोन प्रयोगकर्ताका लागि एक ठूलो खतरा सार्वजनिक भएको छ । साइबर सेक्योरिटी फर्म Which? का अनुसार एक अर्ब भन्दा धेरै एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट प्रयोगकर्ताहरुका पर्सनल डाटाहरुमाथि साइबर हमलाको खतरा मडारिरहेको छ ।

बेलायती पत्रिका द सनको एक रिपोर्ट अनुसार गुगलले अहिले विश्वमा प्रयोगमा रहेका हरेक पाँच स्मार्टफोनमध्ये पूरानो मोडेलका दुई स्मार्टफोनहरुमा आवश्यक सेक्योरिटी अपडेट उपलब्ध गराउँदैन । प्रयोगमा रहेका स्मार्टफोनमा जरुरी सेक्योरिटी अपडेटको अभावका कारण स्मार्टफोन प्रयोगकर्ताका डाटाको चोरी तथा अन्य भाइरस आक्रमणको खतरा बढेको हो ।

शोधकर्ताहरुका अनुसार गुगलले एन्ड्रोइड डिभाइसहरुलाई ह्याकरबाट बँचाउनका लागि समय समयमा सेक्योरिटी अपडेट दिँदै आएको छ । तर पूराना एन्ड्रोइड स्मार्टफोनहरुसम्म् यो अत्यावश्यक अपडेट पुग्न सकेको छैन । यो प्रयोगकर्ताका लागि खतराको घण्टी हो । शोधकर्ताहरुले केही एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटहरुलाई प्रयोगशालामा परीक्षण गरेका थिए र त्यसक्रममा ती स्मार्टफोनलाई सजिलैसँग ह्याक गर्न सकिने तथ्य पत्ता लागेको छ ।

ह्याकिङको अत्यधिक जोखिममा रहेका एन्ड्रोइड स्मार्टफोनमा गुगल, एलजी, मोटोरोला, सामसुङ तथा सोनी लगायतका कम्पनीका पूराना स्मार्टफोन रहेका छन् । बजारमा यी पूराना मोडेलका स्मार्टफोन अझैपनि खरीद बिक्रि भैरहेका छन् । शोधकर्ताहरुका अनुसार सन् २०१२ अघि लञ्च भएका स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तामा साइबर हमलाको जोखिम सबैभन्दा बढि छ ।

ध्जष्अज? का कम्प्युटिङ्ग एडिटर केट बिवेन भन्छन्, ‘महंगा एन्ड्रोइड स्मार्टफोनहरुमा समेत छोटो समयमै सेक्योरिटी अपडेट प्राप्त नहुँदा सेल्फ लाइफ अर्थात् आयु कम हुँदै जानु चिन्ताको विषय हो । करोडौँ प्रयोगकर्ताका लागि यो ठूलो खतरा हो, किनकी उनीहरु जुनसुकै बेला ह्याकिङ्गको सिकार हुन सक्दछन् । गुगल तथा अन्य स्मार्टफोन निर्माताहरुले प्रयोगकर्ताको साइबर सुरक्षाका विषयमा आवश्यक कदम उठाउनै पर्दछ ।’

एन्ड्रोइड फोन प्रयोगकर्ताको सुरक्षामाथि उठेको गम्भीर प्रश्नका बारेमा गुगलले प्रष्ट पार्दै भनेको छ, ‘हामी हरेक दिन एन्ड्रोइड डिभाइसको सेक्योरिटी उत्कृष्ट पार्नका लागि काम गरिरहेका हुन्छौँ । हामीले हरेक महिना आवश्यक सेक्योरिटी अपडेट तथा अन्य सुरक्षा उपायहरु डिभाइसहरु सम्म पूराइरहेका छौँ । यसका साथै हामै हार्डवेयर तथा क्यारियर पार्टनरहरुसँग पनि मिलेर एन्ड्रोइड प्रयोगकर्ताको डिभाइसलाई सुरक्षित बनाउने दिशामा काम गरिरहेका छौँ ।’

उता मोटोरोलाले भने गुगलले उपलब्ध गराएका सेक्योरिटी अपडेटहरु कुनै ढिलाई नगरीकनै आफ्ना डिभाइसमा उपलब्ध गराउने गरेको र प्रयोगकर्ताको डाटा सुरक्षाको विषयमा आफु प्रतिबद्ध रहेको जनाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment