+
+

पहिलेभन्दा होली शान्तिपूर्ण : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते ११:५६

२६ फागुन, काठमाडौैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको छ । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास छैन ।

‘कोरोनाका कारण आज चहलपहल कम छ’, महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म काठमाडौंको सुरक्षा अवस्था शान्तिपूर्ण छ ।’

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडोंमा भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो ।

साथै, प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो । यही निर्णयका कारण पनि काठमाडौंमा सर्वसाधारणको चाप न्यून देखिएको प्रहरीले जनाएको छ ।

जबरजस्ती लोला हाने कारबाही

थोरै व्यक्ति मिलेर होली खेल्नलाई भने निषेध गरिएको छैन । तर, जबरजस्ती होला हान्ने र रंग दले पक्राउ गरेर कारबाही गर्ने प्रहरी तयारी छ ।

सोमबार यो समाचार तयार पार्दासम्म कोही पनि यो कारबाहीमा परेका छैनन् । बोगटी भन्छन्, ‘हस्पिटल, अफिस जस्ता ठाउँमा जानेलाई लुकेर पानी, लोला हाने पनि उनी कारबाहीमा पर्छन् ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि होलीलाई लक्षित गरेर विशेष रणनीति अख्तियार गरेको छ । ट्राफिकले होलीमा हुनसक्ने दुर्घटना न्यूनिकरणका लागि विशेष निगरानी बढाएको छ ।

महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार होलीमा हेलमेट नलगाइ अथवा तीन जना चढेर तीब्र गतिमा सवारी चलाउन सक्ने सम्भावना हुन्छ । त्यसलाई लक्षित गरेर विशेष सतर्कता अपनाइएको उनले बताए ।

‘मोडिफाइड बाइक चलाउने पनि धेरै हुने विगतले देखाएको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘मादक पदार्थ सेवन गर्ने, अनुहारको हुलिया फेरेर खुलम खुला रन्थनिएर हिँड्ने जस्ता क्रियाकलाप हुनसक्ने भएकाले हामीले सोहीअनुसार योजना बनाएका छौं ।’

ढकालका अनुसार सोमबार ट्राफिकको ६७ स्थानमा चेकिङ छ । ट्राफिकले हरेक चोकमा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन भन्दै सचेतनामूलक पोष्टर पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?