Comments Add Comment

आमाबुवाको खटपट, बालबालिकालाई यातना

सम्बन्ध विच्छेदले बालबच्चामा पार्ने १० असर

एउटा विवाहित जोडीलाई सम्बन्धविच्छेद सबैभन्दा कठिन समय हो । तर, समय र परिस्थितिको कारण अहिले पनि धेरै सम्बन्ध छुटिरहेका छन् । बच्चा पनि भइसकेको अवस्थामा यसरी सम्बन्ध छुट्दा बालबालिकामा भने नकारात्मक असर परिरहेको हुन्छ । यहाँ सम्बन्धविच्छेद भएको जोडीको बच्चाहरुमा भने नकारात्मक असर उल्लेख गरिएको छ –

अल्पकालीन असर

१. आक्रोश

बालबालिकामा आमाबाबुको सम्बन्धविच्छेदपछि देखिने नकारात्मक असर आक्रोश हो । यसले बच्चाहरुमा तनाव, निराशा र आक्रोश बढाउँछ । बालबालिकाहरु आफ्ना आमाबाबु दुवैमा धेरै कुरामा निर्भर हुने गर्छन् । यस्तोमा उनीहरुको सम्बन्धविच्छेद हुँदा यसले उनीहरुमा आक्रोश बढाउने काम गर्छ । यसरी आक्रोशित हुने बालबालिकाले आफ्नो पढाइमा ध्यान दिन पनि सक्दैनन् र यसअघि गर्दै आएका गतिविधिमा पनि त्यति इच्छा देखाउँदैनन् ।

२. मानसिक दबाब

अमेरिकाको चाइल्ड एण्ड एडोलसेन्ट साइक्राइटि्र एकेडेमीका अनुसार धेरै बालबालिकाले आफ्ना आमाबाबु छुट्टनिुको कारण आफू हो भन्ने सोच्छन् । यस्तोमा उनीहरु आमाबाबुको सम्बन्ध राम्रो बनाउनु आफ्नो दायित्व हो भन्ने सोच्छन् । यसले उनीहरुमा मानसिक दबाब बढाउँछ । यसले उनीहरुमा नकारात्मक सोच आउनुका साथै निराशा फैलिन्छ ।

३. एकै छिनमा मनस्थिति परिवर्तन हुनु र दिक्दारी

आमाबाबुको सम्बन्धविच्छेदपछि बालबालिकामा एकैछिनमा मनस्थिति परिवर्तन हुने र आफूले चिनिरहेका मानिसहरुसँग कुरा गर्दा पनि झर्किनेजस्ता समस्या देखिन्छन् । केही बालबालिकाहरु आफूलाई अन्य मानिसभन्दा टाढा राख्न चाहन्छन् । उनीहरु धेरै समय चुप लागेर बस्छन् र एक्लै बस्न रुचाउँछन् ।

४. ठूलो निराशा

आमाबाबुको सम्बन्धविच्छेदले बालबालिकाको मन र मस्तिष्कमा नै ठूलो असर पार्छ । उनीहरु आफ्नो जीवनमा केही पनि राम्रो देख्दैनन् । यस्तोमा उनीहरु डिप्रेशनमा जान पनि सक्छन् । यसले उनीहरुलाई दीर्घकालीरुपमा निराशावादी बनाउन पनि सक्छ ।

५. भ्रम पैदा हुनु

बालबालिकाहरुमा आमाबाबुको सम्बन्धविच्छेदपछि केही विषयमा पनि त्यति धेरै आशा राख्दैनन् । उनीहरुलाई आफ्ना आमाबाबुको भावनात्मक सहयोग पर्याप्त नहुने भएकाले उनीहरु धेरै भ्रममा पनि पर्ने गर्छन् । यस्तो अवस्थामा बाबु वा आमा एक्लैले उनीहरुलाई सम्हाल्नु निकै कठिन हुन जान्छ । यस किसिमको अल्पकालीन असरले उनीहरुलाई केही दीर्घकालीन असर पनि पुर्‍याउन सक्छ ।

दीर्घकालीन असर

६. स्वभाव तथा सामाजिक समस्या

सानैमा आमाबाबु अलग भएका बालबालिका ठूलो भएपछि उनीहरु हिंस्रक हुने सम्भावना पनि बढी हुन्छ । साथै उनीहरु असामाजिक कार्यमा अग्रसर हुन्छन् । उनीहरु सानो कुरामा पनि रिसाउने र कसैलाई दुव्र्यवहार गर्न पनि नडराउने किसिमका हुन्छन् । यसले उनीहरुलाई आपराधिक मनस्थितिको बनाउन सक्ने सम्भावना पनि बढी हुन्छन् । धेरैजसो मामिलामा उनीहरु सामाजिक रहनसहनमा बस्न नसक्ने किसिमको हुने गरेको देखिने गरेको छ ।

७. सम्बन्धमा असर

सानो हुँदा आमाबाबु अलग भएका बालबालिकाको वैवाहिक जीवनमा पनि त्यसको नकारात्मक असर पर्ने गरेको एक अध्ययनले देखाएको छ । यस्ता मानिसहरु कुनै पनि सम्बन्ध नकारात्मक धारणाबाट शुरु गर्छन् ।

८. कुलतमा फस्ने जोखिम

किशोर वयमा जो कोहीमा पनि कुलतमा फस्ने सम्भावना बढी हुन्छ । उनीहरु आफ्नो निराशा र आक्रोशलाई शान्त पार्ने नाममा कुलतमा फस्ने सम्भावना रहने अध्ययनले देखाएको छ । एकल अभिभावकले उनीहरुको पर्याप्त हेरचाह पनि गर्न सक्दैनन् । त्यसैले पनि उनीहरु कुलतमा फस्ने सम्भावना अत्यधिक हुने गरेको हो ।

९. डिप्रेशन

आमाबाबुको अलग हुने निर्णयको नराम्रो असरको कारण बालबालिकाहरु डिप्रेशनमा जाने सम्भावना पनि बढी हुन्छ । उनीहरुले आमाबाबु छुट्टएिको पनि देखेका छन् भने अफ यसले उनीहरुलाई डिप्रेशनमा जाने सम्भावना अझै बढाउँछ ।

१०. कमजोर पढाइ तथा सामाजिक-आर्थिक अवस्था

आमाबाबु अलग भएसँगै बालबालिकाको पढाइप्रतिको रुचिमा पनि कमी आउँछ । यस्ता बालबालिकाको विद्यालयमा निकै कम मात्र ग्रेड आउँछ । साथै यसले उनीहरुको विद्यालय र कलेजमा सिकाइको क्षमतामा पनि असर पार्ने गरेको छ । यसले उनीहरुलाई सामाजिकम र आर्थिक हिसाबमा पनि अघि बढ्न गाह्रो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment