
२६ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा ६ करोड रुपैयाँ लगानीमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्गसँगै जोडिएको तीन बिघा क्षेत्रफलमा स्थानीय उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा रुपन्देही कै ठूलो बेङ्क्वेट सञ्चालनमा आएको हो ।
फरक शैलीको मल्टी फङ्सनल बेङ्क्वेटमा एकपटकमा पाँच हजार जनासम्मलाई सेवा दिन सकिने बोधी भिल्ला प्रालिका प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेको र बुटवल तथा भैरहवा दुवै शहरका सेवाग्राहीलाई लक्षित गरी बेङ्क्वेट सञ्चालनमा ल्याइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4