Comments Add Comment

कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने

२७ फागुन, काठमाडौं । सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने भएको छ ।

कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सम्भावित जोखिमको अवस्थामा उच्च सतर्कता अपनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने भन्दै बैठकको तयारी गरिएको डा. खतिवडाले बताए ।

‘बैठक कहिले बस्छ भन्ने मिति तय भएको छैन, तर छिट्टै आह्वान गर्छौं’ उनले भने । राजनीतिक समझदारीको सन्देश दिन पनि यस्तो बैठक अपरिहार्य रहेको खतिवडाको भनाइ छ ।

यो पनि पढ्नुहोस अब सात रुपैयाँमै सर्जिकल मास्क !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment