+
+
Shares

बालुवाटार फर्केपछि पनि प्रधानमन्त्रीले सीमित भेटघाट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १५:२१

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट डिस्चार्ज भएपछि पनि सीमित भेटघाट गर्ने भएका छन् ।

अघिल्लो बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । अस्पतालमा उनले चिकित्सकबाहेक अरुलाई भेटेका छैनन् ।

आज बुधबार भने उनलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको भेट गराउने तयारी छ ।

साथै प्रधानमन्त्री ओलीलाई छिट्टै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार गइसकेपछि पनि प्रधानमन्त्री ओलीले केही समय सीमित भेटघाट गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

‘केही दिन त मन्त्रिपरिषद् र पार्टीको बैठक बस्दैन होला’ सचिवालय स्रोतले भन्यो, ‘बैठक बस्दा पनि अरु नेता तथा मन्त्रीहरुसँग निश्चित दुरी राखेर मात्र बस्नुहुन्छ ।’

चिकित्सकहरुले कम्तीमा एक महिना रुघाखोकी लागेका तथा अरु संक्रमण भएका व्यक्तिहरुसँग नजिकबाट भेटघाट नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?