Comments Add Comment

धनुषामा एक जनाको हत्या, कान्छी श्रीमती र प्रेमी पक्राउ

२८ फागुन, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका ३ यदुकोहाका ५५ बर्षीय राजकिशोर मण्डलको बुधबार विहान हत्या भएको छ ।

स्थानीय जनता एकाई प्राविधिक माध्यमिक विद्यालय अगाडि आफ्नो फुसको घरमा सुतिरहेका बेला हत्या भएको इलाका प्रहरी कार्यालय यदुकुोहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए ।

मण्डलको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आफ्नै कान्छी श्रीमतीको मिलेमतोमा हत्या भएको देखिएको प्रहरी निरीक्षक केसीले बताए ।

‘हामीले कान्छी श्रीमती र उनका प्रेमीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छौं’ उनले भने ।

३० वर्षकी कान्छी श्रीमतीको गाउँकै एक युवकसँग अवैध सम्बन्ध भएको खुल्न आएको प्रहरी निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment