Comments Add Comment

कोरोनाको कारण माउन्ट एभरेष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप स्थगित

काठमाडौ । नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी चैतमा गर्ने भनेको तेस्रो संकरणको माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप स्थगित भएको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै च्याम्पियनसिपमा अन्य देशले समेत भाग लिन रुचि नदेखाएकोले च्याम्पियनसिप स्थगित गरिएको जनाएको छ ।

यसअघि चैत १९ देखि २३ गतेसम्मलाई तय भएको च्याम्पियनसिप अहिलेलाई स्थगित गरिएको र भविष्यमा परिस्थितिको अनुकलतालाई हेरि नयाँ मिति तय गरिने संघले जनाएको छ ।

तेक्वान्दो संघले कोरोनाकै कारण यसअघि नै आफ्नो प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि प्रतियोगिता नगर्न निर्देशन दिइसकेको छ ।

यस्तै तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय संस्था विश्व तेक्वान्दो (डब्लुटी) ले पनि सम्पूर्ण सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना नगर्न र बृहत कार्यक्रमहरु नगर्न सुझाव दिएको संघले जनाएको छ ।

यस्तै विश्व तेक्वान्दोले २०२० टोकियो ओलम्पिकका लागि हुने छनोट प्रतियोगिता र लेबनानको बेरुतमा हुने एसियाली तेक्वान्दो प्रतियोगिता र एसियाली पारा तेक्वान्दो प्रतियोगिता लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत स्थगित भएको संघले जनाएको छ ।

यस्तै नेपाल तेक्वान्दो संघले वर्तमान विषम र भयाभव परिस्थितिलाई आत्मसाथ गर्दै विश्व तेक्वान्दोको निर्देशनलाई समेत पुर्न रुपले पालना गर्दै परिस्थिति सुधार नहुँदा सम्म हाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कुनै पनि कार्यक्रमहरुको आयोजना नगरिने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment