+
+

मुख्यमन्त्री पोखरेलको सुझाव- घुमफिर नगरौं, भिडभाडमा नजाऔं

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १७:१९

२९ फागुन बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको जोखिमबाट बच्न सर्तकता अपनाउन आग्रह गरेका छन् ।

उनले भिडभाड र घुमफिरमा ननिस्कन प्रदेशवासीलाई आग्रह गरे । बिहीबार बसेको प्रदेश ५ को संसद बैठकमा मुख्यमन्त्री पोखरेलले चीनबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै त्यसबाट जोगिन यो समयमा कतै घुमफिर नगर्न र भिडभाडमा नजान आग्रह गरेका हुन् ।

उनले भने, ‘सम्भावित संकटलाई सामना गर्न क्वारेन्टाइन र आइसुलेसन वार्ड पनि तयार गरिएको छ । आशंकित बिरामीलाई परीक्षणको व्यवस्था गरिएको छ, उच्च ज्वरो आएका व्यक्तिको भन्सार नाकामा चेकजाँचको व्यवस्था मिलाएका छौं । यो बेलामा कतै घुमफिरमा प्रदेशवासी नजाऔं ।’

मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकलाई तीर्थाटन नगर्नसमेत अनुरोध गरे । ‘इम्युनिटी पावर कम भएका मानिसमा संक्रमण बढी हुन्छ । रोगलाई खेलवाडको विषय नबनाऔं,’ उनले भने ।

साथै, उनले बैठकमा प्रदेशका गौरवका आयोजनाको मापदण्ड तयार गरिएको जानकारी गराए । त्यसले भोलिका दिनमा आयोजना छनौट त्यसैको आधारमा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?