+
+
Shares

सञ्जुदेवीको हत्या भएको आशंका, परिवारकै सदस्यमाथि छानबिन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १६:४८
प्रतिकात्मक तस्वीर

३० फागुन, वीरगञ्ज । श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाका २५ वर्षीय सन्दीप साह पक्राउ परेका हुन् ।

श्रीमती २२ वर्षीया सञ्जुदेवीको मृत्यु शंकास्पद देखिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सन्दीपलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर सोधपुछ भइरहेको छ ।

गएको बुधबार अपरान्हतिर सञ्जुदेवीले वान्ता गरेकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि रक्सौलस्थित डंकन अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको परिवारको दाबी छ । सञ्जुको दाहसंस्कारसमेत रक्सौलमै गरिएको उनीहरुको भनाइ छ ।
तर सञ्जुको माइतीपक्षले भने सञ्जुको हत्या भएको दाबी गरेका छन् । बुधबारको घटना प्रहरीले बिहीबार दिउँसो मात्रै जानकारी पाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले उपचार र दाहसंस्कारमा प्रकृयागत त्रुटि देखिएकोले अनुसन्धान सुरु गरिएको बताए ।

‘सञ्जुले बान्ता गर्न थालेपछि उपचारका लागि डंकन लगिएको भनिएको छ, विष सेवन नै गरेको भए पनि प्रहरीलाई जानकारी गराउनुपर्ने हो,’ उनले भने, ‘मृत्युपछि पनि रक्सौलमै दाहसंस्कार भएको छ, प्रकृयागत त्रुटि देखियो । अनुसन्धान सुरु गरेका छौं ।’

यसअघि प्रहरीले बिहीबार नै सञ्जुको सासु र नन्दलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । सन्दीपका बुवा किशोरी साह, भाइ मन्दीप साह र दाइ पनि घरमा छैनन् ।

अनुसन्धानका लागि डंकन अस्पतालबाट समेत आवश्यक कागजपत्र मगाएइएको डीएसपी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?