Comments Add Comment

यी व्यक्तिगत विषयमा अभिभावकसँग नगरौं सवाल

भनिन्छ, जीवनमा आमाबाबुले भन्दा राम्रोसँग छोराछोरीलाई कसैले पनि पाठ पढाउन सक्दैन । तर, जीवनको विभिन्न चरणहरुमा यस्तो कैयौं प्रकारका विषयहरु आउने गर्छन् । जुन मोडमा आफ्नै आमाबाबुहरु समेत साथीहरुभन्दा टाढा हुनसक्छन् ।

आफ्नो जीवनका केही विषयहरु हुन्छन् ती आमा बुबाको सट्टा साथीहरुलाई सोध्नु राम्रो मानिन्छ । यसको कारण यो हो कि जो कोही पनि आफ्नो कतिपय कुराहरु परिवारलाईभन्दा साथीहरुलाई भन्न सहज मान्छन् ।

डेटिङ जीवन

आजका आमाबाबु आफ्ना बच्चाहरूसँग मित्र जस्तो व्यवहार गर्ने गर्छन् । जसका कारण बच्चाहरु पनि सजिलै आफ्नो व्यक्तिगत विषय र उनीहरुको समस्या आमाबाबुलाई सुनाउने गर्छन् । तर, कतिपय विषयहरु आजका बच्चाहरुले समेत आफ्नो परिवारका सदस्यलाई बताउने गर्दैन ।

जब डेटिङको कुरा आउँछ । ती कुराहरु आफ्ना आमाबाबुको साँटो आफ्ना साथीसँग नै भन्न नै धेरैलाई सहज लाग्छ । यसको एउटै कारण हो छोराछोरी र बाबुआमाबीचको उमेरको अन्तर । एकअर्काबीचको उमेरको अन्तरका कारण उनीहरुले स्पष्ट रुपमा बाबुआमालाई आफ्नो समस्याको बारेमा बुझाउन सक्दैनन् ।

जसका कारण पनि आफ्नो डेटिङ जीवन असफल हुनसक्ने देखेर उनीहरु धेरै कुरा आमाबाबुसँग लुकाउने गर्छन् । धेरै अभिभावकहरुले डेटिङ जीवनको बारेमा सधैं इन्कार मात्रै गरिरहने भएकोले पनि छोराछोरीले बाबुआमासँग यस विषयमा कुरा गर्ने गर्दैनन् ।

यौन शिक्षा

यौन शिक्षाको बारेमा पनि अभिभावक र छोराछोरीबीच सधैं अन्तर रहेकै हुन्छ । कोही पनि बच्चाहरुले आफ्नो आमाबाबुसँग यौन शिक्षाको बारेमा सोध्न सक्दैन र बाबुआमाले पनि बच्चालाई त्यस्तो सिकाउन सकेको पाईँदैन ।

आज पनि पूर्वीय संस्कृतिमा यस विषयले धेरै चिन्ता जगाउने गर्छ । दिमागमा यौनको विषयमा अझै पनि नकारात्मक विचारहरु आउने गरेका छन् ।

त्यसैले दिमागमा कौतुहलता हुँदाहुँदै पनि धेरै किशोरकिशोरीहरू वा वयस्कहरू समेत यस विषयमा आफ्ना अभिभावकहरुसँग कुरा गर्ने आँट गर्दैनन् ।

विवाहित जीवन पछिका समस्या

आफ्ना आमाबाबुसँग धेरैजसो त छोराछोरीहरुले विवाह पछिको जीवनको बारेमा कुरा गर्न नै चाहँदैनन् । कहिलेकाहीँ केही विषयमा सल्लाह भइहालेपनि उनीहरु आफ्ना साथीहरुलाई समेत सो विषयमा कुरा सुनाएर आफ्नो निर्णय लिन पुग्छन् ।

सो अवसरमा साथीहरूबाट सल्लाह लिने प्रयास गरेपनि धेरैले बच्चाहरुबाट सल्लाह लिने गर्दैनन् । यो स्वभावैले उस्तै उमेरका मानिसहरुको सुझावबाट समाधान सम्भव हुने कुरा हो ।

कुरा यो पनि सम्भव हुन्छ कि बाबु आमाले समेत त्यस्तै वैवाहिक जीवनका समस्याहरु पार गरेर आउने भएकोले आफ्नो छोराछोरीलाई परेको समस्याबारे सुझाव दिन सक्छन् । तर, धेरैलाई यो आफैंमा असहज विषय लाग्छ ।

परिवार योजना

परिवार योजना झनै परिवारलाई कम सुनाउने योजना भित्र पर्छ । परिवार योजनाको बारेमा जति धेरै श्रीमान् श्रीमतीबीच कुरा हुन्छ । त्यो बाहेक घरका सदस्यहरुबीच त्यस्तो कुरा हुने गरेको पाईंदैन । महिला र पुरुषबीचको सम्बन्ध, भावी जीवन, सामाजिक सम्बन्धको तरिका आदि विवाहसँगै परिवर्तन भएको हुनसक्छ ।

यस्तो अवस्थामा उनीहरुले आफ्नो परिवारसँग यस्तो योजनाको बारेमा जानकारी दिन सक्दैनन् । यस्तो अवस्थामा तपाईंको उमेरका विवाहित साथीहरूसँग कुरा गर्नु उपयुक्त मानिन्छ । जोसँग आफ्नो जस्तै बच्चाहरु हुन् ।

उनीहरुसँग कुरा गरिसकेपछि, जब तपाईंलाई लाग्छ कि तपाईं परिवार बृद्धि गर्न तयार हुनुहुन्छ । तब निश्चित रूपमा आफ्ना आमा बुबालाई पनि जानकारी दिनु राम्रो हुन्छ ।  किनकि यस चरणमा उनीहरूले तपाईंलाई अझ राम्ररी मार्गदर्शन गर्न सक्षम हुनेछन् ।

यस बाहेक म कस्तो देखिन्छु ? भन्ने जस्ता प्रश्नको उत्तर केवल तपाईंका साथीहरुले मात्रै दिन सक्छन् । किनभने आमा बुबाको लागि आफ्नो बच्चाहरु सधैं राम्रा मात्रै हुन्छन् । यस कारणले पनि धेरै पटक आफैंलाई मन नपरेका कपडाहरु समेत आमाबाबुलाई राम्रो लागिरहेको हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment