+
+
Shares

‘डान्सिङ वीथ स्टार नेपाल’को घोषणा, को-को छन् सेलिब्रेटी प्रतियोगी ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:०४

बिबिसी स्टुडियोको फर्म्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करण घोषणा भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको घोषणा गरिएको हो । शोको नेपाली संस्करणलाई ‘डान्सिङ वीथ स्टार नेपाल’को नाम दिइएको छ ।

हिमालय टेलिभिजनले उत्पादन तथा प्रशारण गर्ने यस शो बैशाखको पहिलो साताबाट प्रशारण सुरु गर्ने बताइएको छ ।

आइतबार आयोजित कार्यक्रममा यस शोका निर्णायक, सेलिब्रेटी कन्टेस्टेन्ट, करियोग्राफर र होस्ट सार्वजनिक गरिएको छ । यस शोमा जजको रुपमा अहिलेसम्म अभिनेत्री गौरी मल्ल र निर्देशक तथा करियोग्राफर रेनशा बान्तवा राई पक्का भएका छन् । एक जजको छनोट बाकीँ नै रहेको छ ।

त्यस्तै सेलिब्रेटी कन्टेस्टेन्टमा नेपाल आइडल विजेता बुद्ध लामा, पत्रकार ऋषि धमला, अभिनेता अनुपविक्रम शाही, गायिका ज्योती मगर, नायिका सुमी मोक्तान, मैथिली अभिनेत्री पूजा ठाकुर, बाल बलाकार दिवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, फुटबल खेलाडी अनिल गुरुङ, दृष्टिविहीन सृष्टि केसी, टिकटकबाट चर्चामा आएका ट्विन्‍स दीपा-दमन्ता, हास्यकलाकार उमेश राई  रहेका छन् ।

त्यस्तै करियोग्राफरमा युमी बलामी, राजिव कुमार कर्न, कविता नेपाली, प्रमोद कुमार भण्डारी, शुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका खत्री, सुनिल विक, प्रविण विक, विजय पर्की, केशव थापा रहेका छन् । कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन् ।

डान्सिङ वीथ स्टार विश्वको ६० भन्दा बढि मुलुकमा प्रशारण भइरहेको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतमा डान्सिङ वीथ स्टारको नामबाट नै चर्चित रहेको यस शो भारतमा भने ‘झलक दिखलाजा’को नामबाट चर्चित छ ।

विश्वभर चलेको फर्म्याट अनुसार नै नेपालमा पनि १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगीहरुले १२ जना करियोग्राफरसँग टिमअप गर्नेछन । र, उनीहरुसँगै प्रस्तुती दिनेछन् ।

दर्शकको भोट र निर्णायकको निर्णयले हरेक साता १ जना प्रतियोगी बाहिरिने छन् । विजेताले २५ लाख नगद र गाडी पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?