
३ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ३५ सय किलो छोकडा सहितको मिनी ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट ना ५ ख ८४८१ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।
मिनी ट्रकमा छोकडा लगायतका सामान चोरी निकासी गरी भारततर्फ लैजादै छ भन्ने सूचनाको आधारमा उक्त परिमाणको छोकडा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद गरिएको मिनी ट्रक र छोकडाको मुल्य अन्दाजी २३ लाख ५० हजार रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ ।
बरामद गरिएको छोकडासहितको ट्रक आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4