Comments Add Comment

भाउजूलाई खुकुरी प्रहार गरेको आरोपमा देवर पक्राउ

४ चैत, रौतहट । धारिलो हतियार खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको आरोपमा देवर पक्राउ परेका छन ।

रौतहटको यमुनामाई गाँउपालिका-१ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको उनले बताए ।

अपराधको श्रृखंलामा वृद्धि

पछिल्लो समय रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ । गत माघ १५ गते राजपुर नगरपालिका-६ कुडिया गाँउ भन्दा पूर्वभकुवा खोलामा ईशनाथ नगरपालिका-८ मन्सरीका एहतेसामुल हकको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो । प्रेमीका भेट्न राजपुर गएका हकको हत्या उनकै प्रेमीकाको भाइहरुले गरेका थिए ।

यसै गरी माघ २८ मा रौतहटको दुर्गा भगवती गाँउपालिका-३ पर्सा टोलका ७० वर्षीय फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा उनकै छोरा राजकुमार पण्डितले हत्या गरेका थिए ।

१७ फागुनमा पुनः रौतहटमा अर्को हत्या भयो । रौतहटको कटहरीया नगरपालिका-२ जमुनीयामा पानी तान्ने मोटर पम्पको विषयमा विवाद हुँदा २० वर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरिएको थियो ।

यी तीनवटै हत्या काण्डका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment