४ चैत, काठमाडौं । टोकियो ओलम्पिक २०२० जापानमा हुन्छ कि हुँदैछ भन्ने अहिले ठूलो बहस बनेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको मारमा आगामी जुलाई अगष्टमा हुने विश्व खेल मेला मारमा परेको छ । यसैबीच जापान ओलम्पिक कमिटीका अध्यक्षलाई समेत कोरोना संक्रमण भएको छ ।
कमिटीका उपाध्यक्ष कोजो तासिमालाई कोरोनाको परिक्षणमा पोजिटिभ देखिएको हो । कोजो जापान फुटबल संघका अध्यक्षसमेत हुन् । मंगलवा जापान फुटबल संघले जारी गरेको स्टेटमेन्टमा तासिमाले आपूलाई कोरोना पोजिटिभ देखिएको बताएको उल्लेख छ ।
युरोपमा विभिन्न खेलाडीहरुलाई समेत कोरोना संक्रमण भएको छ । स्पेनमा २१ वर्षीय फुटबल प्रशिक्षकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4