+
+
Shares

चैत महिनाको शुल्क फिर्ता गर्न संयुक्त विद्यार्थीको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १९:२५

४ चैत, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयहरुले चैत महिनाको शुल्क फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

चैत महिनामा विद्यालय सञ्चालन नहुने भन्दै निजी विद्यालयहरुले सो महिनाको शुल्क फिर्ता गर्नु पर्ने माग विद्यार्थी नेताहरुले गरेका हुन् ।

संयुक्त विद्यार्थी संगठनले कोराना भाइरसलाई मध्येनजर गर्दै सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरुको पठनपाठन स्थगित गर्न माग समेत गरेका छन् ।

सत्तारुढ नेकपाको अनेरास्ववियू, प्रमुख प्रतिपक्षी कांग्रेसको नेविसंघ, प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी)सहित विभिन्न ८ विद्यार्थी संगठनको संयुक्त बैठकले पठनपाठन स्थगित गर्न माग गरेको हो ।

शैक्षिक संस्थाहरुमा पठनपाठन हुँदा भिडभाड हुने भएकोले कोरोना फैलिने डर हुनेहुँदा पछि विदा मिलान गर्ने गरी स्थगित गर्न माग गरेका हुन् ।

विद्यार्थी संगठनले बिहीबारदेखि हुने विद्यालय शिक्षा परीक्षा (एसईई) र विशवविद्यालयस्तरका सबै परीक्षालाई भयमुक्त वातावरणमा सञ्चालन गर्न माग गरेका छन् ।

सबै परीक्षा केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य सहायका केन्द्र स्थापना गरी उच्च सतर्ककताका लागि आइसोलेसन वार्ड स्थापना गर्नसमेत माग गरेका छन् ।

विद्यार्थीहरुले अत्यावश्यक सामग्री ढुवानीबाहेक अन्तर्राष्ट्रिय विमानस्थल र सबै नाकाहरुमा आवतजावत् बन्द गर्न माग गरेको छ ।

संयुक्त विद्यार्थीको बैठकमा अनेरास्ववियूका अध्यक्ष ऐन महर, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, राजपाको राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अखिल (छठौं) का अध्यक्ष विमल पाखरेल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, विप्लको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल र राप्रविसंघका धनसुर शाही उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?