+
+

भन्सार छलेर ल्याएको कपडासहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १९:२३

४ चैत, वीरगञ्ज । पर्साबाट प्रहरीले १ लाख ५० हजार मुल्य बराबरको चोरी तस्करीको कपडा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पर्सा बहुदरमाई नगरपालिका– २ बस्ने २३ बर्षीय मुकेश साह पक्राउ परेका हुन् ।

साहले कपडा लगायतका समान चोरी पैठारी गरी वीरगञ्ज–१९ बस्ने राजकुमार साह कलवारको घरमा भण्डार गरी बिक्री गर्ने गरेको दावी प्रहरीले गरेको छ ।

प्रहरीले कलवारकै घरमा छापामारी गरेर अवैध रुपमा भण्डार गरी राखेको कपडा र बीआर ०५ एम ३०५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकल, कपडासहित मुकेश साहलाई आवश्यक कारबाहीका लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?