Comments Add Comment

गुप्तचरका कर्मचारीको अवकाश उमेर हद ६० वर्ष पुर्‍याइँदै

६ चैत, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवाका कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने तयारी भएको छ ।

गुप्चरसम्बन्धी कानूनलाई संशोधन गरी कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउने गरी राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विशेष सेवा विधेयकको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन बिहीबार राष्ट्रियसभामा पेस भएको छ ।

नेपालीहरुको औसत आयु बढेको र अन्य देशको अभ्याससमेतलाई हेरेर अवकाश उमेरहद बढाइएको समिति सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए ।

हाल गुप्तचरम्बन्धी निकायमा कार्यरत कर्मचारीको उमेर हद ५८ वर्ष छ । राष्ट्रियसभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेपछि गुप्तचरका कर्मचारीको अवकाश उमेरहद ६० वर्ष कायम हुनेछ ।

तर, यो व्यवस्था २०७८ सालदेखि मात्रै कार्यान्वयनमा आउनेछ । २०७८ साल असार मसान्तसम्म उमेर हद सम्बन्धी व्यवस्था हालकै लागू हुने विधेयकको प्रतिवेदनमा उल्लेख छ ।

यो पनि पढ्नुहोस गुप्तचरलाई टेलिफोन ट्यापिङ गर्न दिने सहमति

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पनि निजामती सेवामा अवकाश उमेर हद ६० वर्ष पुर्‍याउने सहमति जुटाइसकेको छ ।

राज्य व्यवस्था समितिले ६/६ महिना बढाउँदै लगेर ४ वर्षपछि मात्रै ६० वर्षे उमेर हद पूर्ण रुपका कार्यान्वयनमा आउने गरी कानुनी प्रावधान राख्न खोजेको छ । तर, यसले औपचारिकता भने पाइसकेको छैन् ।

राष्ट्रियसभाले विशिष्ट अधिकारीको सन्दर्भमा पदावधिको आधारमा निवृत्त हुने प्रावधानमा समेत हेरफेर गरेको छ ।

विशेष सेवा विधेयकको प्रतिवेदनअनुसार अब अनुसन्धान विभागका डीआईजीभन्दा माथिको पदमा ४ वर्ष काम गरेपछि सेवा निवृत्त हुनेछन् । एसएसपीदेखि डीआईजीसम्मका अधिकारी भने ६ वर्ष काम गरेपछि सेवा निवृत्त हुनेछन् ।

पदावधिबाट सेवा निवृत्त हुने व्यवस्था भने यो कानून कार्यान्वयनमा आए लगत्तै लागू हुनेछ ।

यो पनि पढ्नुहोस गुप्तचरसम्बन्धी विधेयक : दुर्गममा काम गर्नेलाई बढुवामा प्रोत्साहन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment