+
+

गुप्तचरलाई टेलिफोन ट्यापिङ गर्न दिने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १३:०१

६ चैत, काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ गर्ने अधिकार दिने व्यवस्था राखेर नेपाल विशेष सेवा विधेयकमा राष्ट्रियसभाको विधायन समितिले सहमति जुटाएको छ ।

यो विधेयक अब संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय अनुसन्धान विभागले व्यक्तिको टेलिफोन ट्यापिङको अधिकार पाउनेछ ।

गुप्तचरलाई अदालतको अनुमतिविना टेलिफोन ट्यापिङको अधिकार दिनुहुन्न भन्ने अडानमा रहेको कांग्रेसले अन्तिम समयमा अडान छाडेको थियो । विधायन समितिको बिहीबारको बैठकले उक्त विधेयकमा सर्वसम्मतिले सहमति जुटाएको हो ।

फोन ट्यापिङबाट प्राप्त विवतरण अन्य प्रयोजनका लागि प्रयोग नहुने ग्यारेन्टी गरिएको कांग्रेस सांसद प्रकाश पन्थले बताए । यो विधेयकको प्रतिवेदन विधायम समितिले बिहीबार नै राष्ट्रियसभा बैठकमा पेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?