
६ चैत, काठमाडौं । नवलपरासी (पूर्व) को हुप्सेकोटबाट अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका-२ धारापानीका ६३ वर्षीय ताराबहादुर विक रहेका छन् ।
विकको घरबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकको नाल २ थान, एयर गन १ थान, अटोमेटिक पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने गोली ५ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।
विकको घरबाट एसएलआरको गोली २ राउण्ड, थ्रीनट थ्री राइफलको गोली १ राउण्ड, एम सिक्सटिनको गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका २ थान र पुरानो कटुवा पेस्तोल तथा घोडाचाप लगायतका पार्टपुर्जाहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4