Comments Add Comment

भोलिदेखि काठमाडौंका यी ५ स्थानमा खुल्नेछन् सुपथ मूल्य पसल

६ चैत, काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने मन्त्री भट्टले जानकारी दिए । सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइन्छ ।

करिब ६ महिनालाई पुग्गे खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी रहेको मन्त्री भट्टले बताए ।

उनले ग्यास आयातमा समस्या नभए पनि केही व्यवसायीको कमजोरीले समस्या देखिएको भन्दै अब छिटै हल हुने जानकारी दिए । जनताको घरमा आवश्यक भन्दा बढी सामान मौज्दात गरेको सूचना पाए पनि छापा मार्न नमिल्ने बताए ।

सतुगंल, कालीमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्यमा पसलले भोली दखि कारोबार थाल्नेछन् । ललितपुर महानगरसँगको समन्वयमा जाउलाखेल शनिवारसम्म सपुथ मूल्य पसल सञ्चालनमा आईसक्ने छ ।

बालाजु र चाबहिलमा त्यस्तो पसलका लागि गृहकार्य भईरहेको साल्ट ट्रेडिङका कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । त्यस्ता पसलमा खाद्यन्न तथा नुन सुपथ मूल्यमा पाईनुका साथै एसटीसी ग्यासको सिलिन्डर पनि साटिने कर्पोरेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment