Comments Add Comment

कोरोना संक्रमितको उपचार जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण देखिएमा सबै उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले कोरोना संक्रमित सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् ।

उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने बताए ।

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भए पनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको जानकारी दिए ।

उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले कोरोनाबारे सही सूचना प्रवाह गर्न आग्रह गरे । आचारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे ।

‘कोरोना विरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको युद्ध हो । त्यसैले गलत प्रचार गर्दा त्यो लगत हतियारको निसाना सोझिएर आफूतिर पनि आउन सक्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment