+
+
Shares

सेलपे सेवाको ‘२०२०–एस२०’ अफर योजना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १८:४५

६ चैत, काठमाडौं । सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२०’ अफर सुरु गरेको छ। यस योजनाअन्तर्गत लक्की ड्र मार्फत कुनै एक विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सि एस२० पाउने छन्। यो योजना चैत्र ७ गतेदेखि चैत्र २७ गतेसम्म लागू गरिएको छ।

यस योजनामा सेलपेका ग्राहकले २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पिटुपी फन्ड ट्रान्सफर गरेमा लक्की ड्रको लागि एउटा कोड नं. पाउँछन्। सो कोड नं. लक्की ड्र को लागि छनोट हुने बताइएको छ।

सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस२० जित्ने पाउने बताइएको छ। यसका साथै ७ जना भाग्यशाली ग्राहकले हरेक हप्ता पेलेस, एड्रेड लग र एक्स–एजबाट विभिन्न उपहारहरु पाउनेछन्।

यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?