Comments Add Comment

प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को बढ्दो संक्रमणको कारण इंग्ल्याण्डको प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित भएको छ । यसअघि अप्रिल पहिलो सातासम्मको लागि प्रिमियर लिग रोकिएको थियो ।

तर कोरोनाको प्रभाव झन् बढ्न थालेपछि इंग्ल्याण्डको फुटबल एसोसिएसनले अप्रिल अन्तिमसम्मलाई नै लिग स्थगित गरेको हो ।

एसोसिएसनले बिहीबार प्रिमियर लिगसहित सम्पूर्ण फुटबल गतिविधि स्थगित गरेको जनाएको छ ।

प्रिमियर लिगसँगै एफए कप, इएफएल कप,वुमन्स सुपर लिग र वुमन्स च्याम्पियनसिप सबै अप्रिल ३० सम्कमको लागि स्थगित भएको हो ।

यसअघि नै युरोपका अनय देशका लिग स्थगित भइसकेको छ। यस्तै युइएफएले युरोकप २०२० लाई समेत २०२१ मा सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment