+
+

यात्रुसँग बढी भाडा लिने २३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १५:५६

७ चैत, काठमाडौं । यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंबाट २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधरण नागरिकहरु बाहिरिने क्रम बढेको छ ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?