Comments Add Comment

होटेललाई क्वारेन्टाइन बनाउन दिने हेटौंडाका दुई व्यवसायीको घोषणा

८ चैत्र, हेटौंडा । हेटौंडाका दुई व्यवसायीले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि व्यवसायिक स्थल सरकारका लागि उपलब्ध गराउने बताएका छन् । सरकारलाई आवश्यक परे हेटौंडा उपमहानगरपालिका-८ कालिका टोलमा रहेको सुबिधा सम्पन्न पार्टी प्यालेस, हेटौंडा ४ खोपेगल्लीमा रहेकोे होटल आशिर्वाद र आशिर्वाद थकाली थानाभर्‍याङ क्वारेन्टाईनका लागि उपलव्ध गराउने घोषणा गरेका हुन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी फैलिएको खण्डमा नेपालमा पनि यसको संक्रमण हुने अवस्था रहेको भन्दै दुबै व्यवसायीले प्रदेश सरकारले आवश्यक ठाने स्थान उपलव्ध गराउन तयार रहेको उनीहरुले बताए ।

पार्टि प्यालेसका सञ्चालक महेश थापाले एक करोड बढीको लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याउने तयारी थालेका थिए ।

होटल व्यवसायी दिपक सिवाकोटीका अनुसार दुई होटेलमा गर १ सय २० जनासम्म मानिस राख्न सकिन्छ । महामारीको समयमा प्रदेश, स्थानीय सरकारले आवश्यक ठाने स्थल उपलव्ध गराउन तयार रहेको उनले बताए ।

होटल र पार्टी प्यालेस सुस्ताउँदै
कोरोना संक्रमणको कारण बागमती प्रदेश राजधानी हेटौंडामा रहेका होटल र पार्टी प्यालेसको कारोवार सुस्ताउन सुरु भएको छ ।

हेटौंडाकोे पुरानो होटल एभोकार्डो अर्किड रिसोटका म्यानेजर मनोज ढोडारीका अनुसार कारोवार खस्कँदो गतीमा गएको छ । तय भएका सबै कार्यक्रम रद्द भएको, रुम बुकिङ्गको क्रम रोकिएको अवस्था छ ।

बाटो परेर बस्ने बाहेक अन्य गतिविधि नरहेको उनले जानकारी दिए । यही अवस्था रहे कर्मचारी कटौंती गर्नुपर्ने अवस्था रहने म्यानेजर ढोडारीले बताए ।
हेटौैंडाका होटल सामनाले कोरोना संक्रमणका कारण व्यवसाय घट्दै गएपछि कर्मचारी कटौती गरेको छ ।

होटलका अनुसार आधा कर्मचारीलाई बिदा पठाईएको छ । होटलमा रहदै आएका ६० मध्ये ३५ जनालाई बिदामा घर पठाईएको सञ्चालक सानू आचार्यले बताए ।

मासिक तलब दिने अवस्था नभएपछि माथिल्लादेखि तल्ला तहका सबै कटौती गरेको उनले बताए ।

हेटौंडा बजारको नारायणी मलमा रहेको डाईन एण्ड वाईन रेष्टुरेन्ट बन्द कोरोना संक्रमणलाई लक्षित गर्दै बन्द गरिएको सञ्चालक नबराज आचार्यले बताए ।
हेटौंडामा साना र ठुला गरी २ सय ५० होटल तथा रेष्टुरेन्ट रहेकोे होटल एशोसियसन मकवानपुरले जनाएको छ ।

कोरोना संक्रमण सँगै सरकारले २५ जना भन्दा बढि मानिस जम्मा भएर कार्यक्रम नगर्न निर्देशन गरेसँगै पार्टी प्यालेस सुनसान बनेको शुभम् पार्टि प्यालेसका सञ्चालक बिष्णु प्रसाद अर्यालले बताए ।

संक्रमणको प्रभाब सँगै बुक भएका कार्यक्रम रद्द भए नयाँ आउने अवस्था छैन उनले भने । अहिले अधिकांश पार्टी प्यालेस बन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment