+
+

ह्यान्ड स्यानिटाइजर कम्पनीलाई दर्ता हुन सरकारको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १२:१७

९ चैत, काठमाडौं । ह्यान्ड स्यानिटाइजर दर्ता गरेर मात्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै विभागले बजारमा स्यानिटाइजरको प्रयोग अत्यधिक भएको तर यसको गुणस्तरको एकिन हुन नसकेको भन्दै दर्तार् गर्न उत्पादक कम्पनीहरुलाई आगह गरेको हो ।

स्यानिटाईजर प्रविधिजन्य उत्पादन भएको र यसको सम्पूर्ण नियमन गर्ने अधिकार आफूहरुलाई भएको औषधि व्यवस्था विभागले विज्ञप्तिमा भनेको छ ।

स्यानिटाइजरको उत्पादन, गुणस्तर, निकासी, पैठारी तथा मापदण्डको निश्चित गर्न आवश्यक रहेको भन्दै विभागले बजारमा रहेका उत्पादनलाई तीनमहिना भित्र दर्ता भई सक्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?