Comments Add Comment

‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु’

नेपालमा एउटा उखान प्रचलित छ ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ । परम्परागत समयदेखि चल्दै आएको यो उखानहरुले सम्भावित संकटको लागि पहिले नै हामीले कसरी पूर्व तयारी गर्ने ? भन्ने कुरालाई ईंकित गरेको छ ।

यो प्रचलित उखानले कुनैपनि संकटको अवस्थामा आफ्नो ज्यानलाई प्राथमिकता दिनुपर्ने बारेमा उल्लेख गरिएको छ । अहिले यही उखानमा भनेको जस्तै संकटको घडीमा आफू कसरी जोगिन सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने बेला भएको छ । यसको अर्थ कसैलाई स्वार्थी बनाउन सिकाउने नभएर सबैले आफूले आफ्नो स्वास्थ्यको कसरी ख्याल गर्ने भन्ने कुरालाई जनाउने प्रयास गरेको छ ।

यतिबेला विश्वभरी कोरोना भाइरसको संक्रमणले संकट गहिर्‍याउादै लगेको छ । हरेक देशले बढी प्रभावित क्षेत्रहरुमा लक डाउन गरिरहेका छन् । नेपालले पनि सम्भावित संकटको अवस्थालाई केन्द्रित गर्दै विभिन्न निर्णयहरु गर्दै आएको छ । सरकारले पनि पहिले आफू बच्ने र त्यसपछि अरुलाई बचाउन आग्रह गर्दै आएको छ । यो विश्वव्यापी कुरा हो कि कुनैपनि संकटले घेरेको घडीमा हामी जो कोही पनि पहिले आफ्नो सुरक्षालाई धेरै ध्यान दिने गरिन्छ ।

विश्वभरी नै फैलिएको यो स्वास्थ्य संकटका कारण यतिबेला हरेक मान्छेले आफ्नो ज्यान जोगाउनको लागि सक्दो प्रयासमा लागिपरेका छन् । यस विषयमा विभिन्न शास्त्रहरुले समेत संकटको विषय विभिन्न किसिमको उल्लेख गरिएको छ । चाणक्य नीति, यज्ञवाक्ल्य नीति जस्ता नीतिहरुले समेत संकटलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा उल्लेख गरेको छ ।

चाणक्य नीतिले संकट, दु:खमा धन नै मनुष्यको लागि काम आउने उल्लेख गरेको छ । त्यसकारण यस्तो संकटको समयमा सञ्चित धन नै काममा आउने उल्लेख सो नीतिमा पाइन्छ । यसकारण मनुष्यले धनको रक्षा गर्नुपर्छ ।

त्यस्तै, चाणक्यले आफ्नो अनुभव र व्यवहारिकतालाई केन्द्रमा राख्दै मानव जीवनको भलाई र उनीहरुको कल्याणको लागि कैयौं नीतिहरुको निर्माण गरेका थिए । जसलाई चाणक्य नीति भन्ने गरिन्छ । यी नीतिहरु आजको युवाहरुको लागि समेत प्रभावकारी मान्ने गरिएको छ । आफ्नो एक नीतिमा उनले भनेका थिए कि जो मान्छे आफ्नो भलाई चाहन्छ यस्तो अवस्थामा जसको बीचबाट कहिलै पनि गुज्रिनु हुादैन ।

चाणक्य नीतिका अनुसार विपत्तिमा के गर्ने ?

चाणक्य नीतिले भनेको छ :

आपदर्थे धनं रक्षेद् दारान् रक्षेद् धनैरपि

आत्मानं सततं रक्षेद् दारैरपि धनैरपि

यसको औचित्य हुन्छ विपत्तिको समयको लागि धनको रक्षा गर्नुपर्छ । परिवारको रक्षा धनको भन्दा पहिले गर्नुपर्छ । यी सबै कुराभन्दा पहिले आफू स्वयंको रक्षा गर्नुपर्छ ।

त्यस्तै, विभिन्न शास्त्रहरुमा संकटको अवस्थामा आफन्तहरु काम लाग्ने भन्दै संकटको बेलामा सहयोग नगर्ने आफन्तहरु आफन्त हुन नसक्ने कुरा विभिन्न शास्त्रहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment