
९ चैत, काठमाडौं । कोरोनाको त्रासका कारण संघीय संसदको भवन निर्माण कार्य प्रभावित भएको छ ।
४ सय ५० भन्दा बढी कामदारले नियमित रुपमा काम गर्दै आएकामा कोरोनाको त्रासका कारण कामदारहरु काममा आउन छाडेपछि निर्माण कार्य प्रभावित भएको हो ।
भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधि विकास न्यौपानले चार सय भन्दा बढी कामदार काममा आउन छाडेपछि अप्ठेरो भएको गुनासो गरे ।
‘५० जना जति मात्रै कामदार उपलब्ध छन् । आज आइतबार काम हुन सकेन । भोलिदेखि काम जारी राख्न नसक्ने स्थिति आयो’ उनले भने ।
सिंहदरबारभित्र पुतली बगैंचामा संघीय संसदको भवन निर्माण कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4