
९ चैत, कैलाली । कैलालीको घोडाघोडीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका १ बेलकोटमा आइतबार दिउँसो घर नजिकैको माछा पोखरीमा डुबेर ३ वर्षीया एलिशा शाहीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।
यस अघि शुक्रबार पनि कैलालीको काँडा नदीमा डुबेर बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का १४ वर्षीय आशिष ओलीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4