+
+

पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १९:५२

९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले अनलाइनखबरसँग टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ भाइरोलोजी, पुनेमा पठाएका छौं ।’

वीरगञ्जका उनी २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए । किड्नीका विरामी उनी स्थानीय अस्पतालमा नियमित चेकजाँचका लागि गएका थिए । अस्पतालले पटना रिफर गर्‍यो ।

१९ मार्चमा गएका उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको चेकजाँच गरिएको थियो । उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने भन्दै प्रा. डा. चौधरीले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

भारतीय टेलिभिजन च्यानलहरुले भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् ।

परिवारलाई आसोलेटेड गरिने

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पटनामा भर्ना भएका विरामीको परिवारका सदस्यहरुलाई आइसोलेटेड गरिने बताएका छन् ।

विरामीमा कोरोना संक्रमणको आशंका गरिएकाले परिवारका सदस्यहरुलाई समुदायबाट अलग गर्न लागिएको बताए । उनकाअनुसार विरामीको परिवार १३ सदस्यीय छन्, जसमा ५ जना बालबालिका, ५ जना महिला र तीन जना पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?