Comments Add Comment

कोरोनाको कारण रोकियो चलचित्रको छायांकन

कोरोनाको त्रासका कारण छायांकनमा रहेका चलचित्रहरुले आफ्नो छायांकन स्थगन गरिरहेका छन् । शुक्रबारबाट चलचित्र चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन स्थागित भयो ।

चलचित्र ‘परदेशी २’ र ‘२ नम्बरी’ले पनि आफ्नो छायांकन स्थगन गरेका छन् । परदेशी २ले शनिबारबाट आफ्नो छायांकन रोकेको हो भने २ नम्‍बरीले आइतबारबाट आफ्नो छायांकन स्थगन गरेको छ ।

सरकारबाट आएको चलचित्र सम्बन्धि गतिबिधी रोक्ने आदेशलाई स्विकार्दै चलचित्रको छायांकन रोकिएको निर्माण पक्षको भनाई छ ।

चलचित्र ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले आशान्त मन र मस्तिष्क लिएर काम गर्न नसक्ने भन्दै चलचित्रको छायांकन स्थगित गरेको बताए । उनले भने, ‘परिस्थिती सामान्‍य हुने बित्तिकै हामी पुन: छायांकनमा जाने छौँ । अहिले त्रासित भएर काम गर्न सकेनौँ ।’

त्यस्तै परदेशी २का नायक प्रकाश सुपुत देश नै त्रसित भइरहेको समयमा सतर्क रहनको लागि छायांकन स्थगित गरिएको बताउँछन् । छायांकन स्थगित भएसँगै प्रकाश आफ्नो गृह जिल्ला पुगेर क्वारेन्टाइनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment