+

कोरोनाको कारण ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द

२०७६ चैत  १० गते १८:४७ २०७६ चैत १० गते १८:४७
कोरोनाको कारण ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द

काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस  (कोभिड-१९)का कारण स्पेनको सबै खाले फुटबल अनिश्चितकालको लागि स्थगित भएको छ ।

यसअघि मार्च १२ मा स्पानिस ला लिगा दुई साताको लागि स्थगित गरिएको थियो । तर अहिले कोरोनाको बढ्दै गरेको संक्रमणको कारण स्पेनको सबै खाले फुटबल गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

स्पानिस फुटबल संघ र ला लिगाले निर्माण गरेको मोनिटरिङ कमिसनले सोमबार यस्तो निर्णय गरेका हुन् । ला लिगामा पछिल्लो पटक मार्च ६ देखि ८ सम्म म्याचविक २७ का खेलहरु भएका थिए । त्यसपछि दुई साताका लागि खेलहरु स्थगित गरियो । जसमा म्याचविक २८ र २९ अन्तर्गतका खेलहरु थिए ।

अब अर्को निर्णय नभएसम्मको लागि स्पेनमा फुटबल सुरु नहुने भएको छ ।

स्पेनमा कोरोनाको ३३ हजारभन्दा बढी संक्रमण भेटिएको छ भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इटली र चीनपछि कोरोनाका कारण धेरै मानिसको मृत्यु हुनेमा स्पेन पर्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय