
१० चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको केन्द्रिय कोषमा बीमा समितिले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले २ करोड रुपैया दिने निर्णय गरेको हो ।
यस्तो बेलामा सबैको सहयोग आवश्यक पर्ने भएकाले २ करोड रुपैयाँ दिने निर्णय भएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले जानकारी दिए । अध्यक्ष चापागाईंले सकेको सहयोग रकम जम्मा गर्न सबैमा आग्रह समेत गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।
उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4