
हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको हिमालय रोडिजको अन्तिम भोट आउट सकिएको छ । सोमबार प्रशारण भएको एपिसोडमा प्रतियोगीहरुले ३ जनालाई भोट आउट गर्नुपर्ने थियो । जसबाट टिम एल्लोका दुई प्रतियोगी र टिम रेडबाट एक प्रतियोगी बाहिरिए ।
एपिसोड १५ मा प्रियंका कार्की पुन: सुपर पावर लिएर पुगेकी थिइन् । उनैले ३ जनालाई भोट आउट गर्ने आदेश दिइन् । जहाँ एउटै टिमबाट ३ जनालाई नै भोट गर्न मिल्ने थियो ।
अन्तिम भोट आउटबाट २ प्रतियोगी बाहिरिएसँगै ‘टिम एल्लो’ रित्तिएको छ । दीया मास्केको यस टिममा दुई प्रतियोगी बाकीँ थिए । ती दुबै प्रतियोगी अहिले बाहिरिएका छन् ।
अनुप विक्रम शाहीको टिम रेडमा ३ जना प्रतियोगी थिए । जहाँबाट एक प्रतियोगी बाहिरिएकी छिन् । अब भने टिम रेडमा २ जना बाकीँ छन् ।
समन श्रेष्ठको ‘टिम ब्लु’मा एक र आशिष राना ‘लाहुरे’को टिममा २ जना प्रतियोगी बाकीँ रहेका छन् ।
होस्ट रेमनदाशका अनुसार अबको खेल प्रतियोगीहरुले आफ्नो लागि खेल्नेछन् । आफ्नो टिमलाई बिर्सिएर प्रतेक प्रतियोगीले आफू र आफ्नो लागि खेल खेल्नुपर्ने रेमनले बताए ।
प्रतिक्रिया 4