+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मोबाइलमा रिचार्ज गरे बराबर बोनस थप्न निर्देशन, सापटीको सीमा पनि बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १९:०५

११ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घ बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिएको हो ।

प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले सापटी रकमको सीमा पनि बढाएर २ सय रुपैयाँ पर्‍याउन निर्देशन दिइएको बताए ।

‘कसैलाई घर बाहिर ननिस्कन भनिएको छ, यस्तो अवस्थामा रिचार्ज बराबरकै बोनस सुविधा दिन र सापटी लिने सीमा पनि बढाउन भनेका हौं,’ उनले भने,’कम्पनीले सामजिक उत्तरदायित्व अन्तरगत रहेर ग्राहकलाई आर्थिक भार नपर्ने गरी नयाँ प्याकेज ल्याउन पनि सक्ने सुविधा दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?