+
+

वीरगञ्जमा लकडाउन उल्लंघन गर्ने १५० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १९:३०

११ चैत, वीरगञ्ज । लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले वीरगञ्जबाट १५० जनालाई पक्राउ गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको भएपनि त्यसको अवज्ञा गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । २ घण्टा जति नियन्त्रणमा लिई सचेत गराएर उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ ।

त्यस्तै लकडाउन उल्लंघन गरेर चलाइएका २९ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । नियन्त्रणमा लिएका मध्ये २२ वटा मोटरसाइकल धनीले ५/५ सय रुपैयाँ जरिवाना तिरेर लगेको उनले बताए । ६ वटा मोटरसाइकल अझै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

‘लकडाउनको पहिलो दिन छिटपुट रुपमा मानिसहरु बाहिर निस्किएको देखियो,’ उनले भने, ‘घरमै बस्न आग्रह गर्दा पनि अटेर गरेकाले १५० जनालाई नियन्त्रणमा लिएर छोडेका छौं ।

तर लकडाउनको पहिलो दिन वीरगञ्ज नाका भने ठप्प रह्यो । नाकाबाट अत्यावश्यकीय पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र एम्बुलेन्सलाई मात्रै ओहोर दोहोर गर्न दिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?