Comments Add Comment

गुल्मीमा १६ शैय्याको आइसोलेसन वार्ड स्थापना

१२ चैत, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा विद्यालयममा १६ शैय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

विश्वव्यवापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको लागि जिल्लामै पहलोपटक रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा १६ शैय्याको आइसोलेसन वार्डको स्थापन भएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पूर्वतयारीको रुपमा आइसोलेसन कक्षको स्थापना गरिएको गुल्मी अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर उत्तम पच्याले बताए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरी उक्त विद्यालयमा १६ शैय्याको आइसोलेसन कक्ष स्थापना गरेको डक्टर पच्या बताए ।

कोरोना संंक्रमणमित बिरामीलाई अस्पतालमा आइसुलेसन कक्ष छुट्याएर छुट्टै उपचार गर्नुपर्ने भएकोले अस्पतालको नजिक रहेको विद्यालयलाई छनोटमा राखेर आइसोलेन कक्ष स्थापना गरेको डाक्टर.पच्याले बताए । तम्घासमा स्थापना गरिएको आइसोलेसन कक्ष जिल्लामै पहलो रहेको छ ।

सबै स्थानीय तहमा हेल्प डेस्क स्थापन

विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानीय तहमा हेल्प डेस्क स्थापन गरिएको छ ।

जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेस्क संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

भाइरसको संक्रमण हुन नदिन पूर्वतयारीहरु भइरहेको पराजुलीले बताए । आइसोलेसन कक्ष स्थापनाको लागि रेसुङ्गा नगरपालिको तर्फबाट १० लाख जिल्ला समन्वयन समितिको पहलमा गुल्मी अस्पतालबाट ५ लाख रुपैयाँ संकलन गरी आइसोलेसन कक्षको लागि आवश्यक पर्ने सामग्री खरिद गर्न १० लाख रुपैयाँ काठमाडौं पठाइएको पराजुलीले बताए ।

कोरोनाभाइरस बाट बचाउन पूर्वतयारीका लागि विपद् व्यवस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए ।

मंगलबारदेखि निषेधाज्ञा

विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा मंगलबारबाट निषेधाज्ञा आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा जारी सम्बन्धी सूचना जारी गरेको थियो ।

निषेधाज्ञा आदेश जारी गरिए अनुसार जिल्लामा अत्याबश्यक सेवाका सवारी बाहेक अन्य कुनै पनि सवारी साधान र नागरिकसमेत हिडडुल गरेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

निषेधाज्ञा अवधिमा अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् ।

निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

खाद्यान्न सञ्चित नगर्न व्यवसायीको आग्रह

अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफूल, दूध तथा औषधिको पसलबाट तोकिएको समयमा सामग्री लिन सकिने भएकाले नागरिकलाई अनावश्यक सञ्चित नगर्न उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ ।

बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्याँस, पेट्रोल, औषधिको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्नसमेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment