Comments Add Comment

लकडाउनमा साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनायो

१२ चैत, बुटवल । लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनाएर सजाय दिएको छ ।

भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए ।

‘यही सडक भएर थुप्रै मोटरसाइकल र गाडी गुडे पनि प्रहरीले देखेन’ उनले अनलाइनखबरसँग भने, साइकलयात्रीहरुलाई भने अमानवीय व्यवहार गरियो ।’

यो पनि पढ्नुहोस सुनसरीको खनारमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पिटेको भिडियो भाइरल

जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरे । उनले अनलाइनखबरसँग भने ‘मुर्गा बनाएको होइन, सम्झाई बुझाई गरेको हो ।’

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मधुसुदन लुइँटेलले घटनाबारे आफूलाई जानकारी आइनसकेको बताउँदै यसबारे बुझ्ने बताए ।

उनले बिहान १० बजेसम्म प्रदेशका विभिन्न जिल्लामा लकडाउन उल्लंघन गरेका २ सय १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।

हेर्नुहोस् भिडियो (भीम भण्डारीबाट सौजन्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment