+
+

कोरोना संक्रमितको उपचार गर्न चौधरी फाउन्डेसनले दियो स्वास्थ्यकर्मीलाई पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १६:१२
मंगलबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई सेफ्टी किट प्रदान गर्दै विनोद चौधरी ।

१२ चैत, काठमाडौं । चौधरी फाउन्डेसनले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरेको छ ।

फाउन्डेसनले पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) मा पीपीई वितरण गरेको हो ।

प्रदेश नम्बर १, ६ र सुदूरपश्चिमका प्रमुख स्वास्थ्य केन्द्रहरूमा बिहीबारसम्ममा आवश्यक सामग्री वितरण गर्ने पनि फाउन्डेसनका संस्थापक विनोद चौधरीले जानकारी दिए ।

फाउन्डेसनले कोरोना परीक्षण किट उपलब्ध गराउन प्रयास भइरहेको पनि बताएको छ । ‘केही बाहिरी मुलुकमा हामीले परीक्षण किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं’ चौधरीले फेसबुकमार्फत भनेका छन् ।

चौधरी फाउन्डेसनले आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने लक्ष्य लिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?