Comments Add Comment

ओलम्पिकको नयाँ मिति चाँडै तय हुने आईओसीको आशा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आगामी जुलाई अगष्टमा जापानमा हुने तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भइसकेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसी र लोकल होस्टको रुपमा रहेको जापान बीच मंगलबार ओलम्पिक सार्ने सहमति भएको हो ।

२०२१ को समरभित्रमा टोकियो ओलम्पिक गरिसक्ने उनीहरुले सहमति गरेका छन् । तर नयाँ मिति तय गरिएको छैन । आईओसीका अध्यक्ष थोमस बाकले ओलम्पिकको नयाँ मिति सकेसम्म चाँडै घोषणा हुने आशा राखेका छन् ।

बुधबार ३३ खेलको अन्तर्राष्ट्रिय संघहरुको संघका अध्यक्ष बाकले कल गर्दै यसबारे छलफल गरेका थिए । बाकले ओलम्पिक क्यालेन्डरलगायत अन्य धेरै विषयहरु हेरेर मिति तय गर्नुपर्ने बताएका छन् ।

‘हामीले उनीहरुको विकल्पको बारेमा हेर्नुपर्छ । उनीहरुसँग छलफल गरेपछि हामीले खेलकुदको अन्य क्यालेन्डर लगायत विभिन्न विषयमा पनि हेर्नुपर्छ ।’ बाकले भने । उनले चाँडै समाधानमा पुग्ने तर मुख्य प्राथमिकता सही निर्णय हुनुपर्ने रहेको बताए ।

बाकले आईओसीको कोअर्डिनेसन कमिसन र टोकियो २०२० को अर्गनाइजिङ कमिटीसँगको ‘हियर वि गो’ नामक टास्क फोर्ससमेत तयार पारेको पारेको समेत बताए । साथै उनले क्यालेन्डरमा सहि मिति पत्ता लगाउनु चुनौतीपूर्ण प्रश्न रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment