Comments Add Comment

स्वास्थ्यमन्त्री ढकालको गल्ती मन्त्रालयले सच्यायो

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमण देखिएको व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भर्चुअल पत्रकार सम्मेलन गर्दै संक्रमित व्यक्ति कतारबाट आएको बताएका थिए । त्यही खबर सञ्चार माध्यमले दिए ।

त्यसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रुहरुको विवरण खोजी सुरु गरेको थियो ।

तर उनी यूएईबाट आएको पाइएको छ ।

मन्त्रालयले समाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रीको गल्ती सच्याएको छ र संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री ढकालले पनि आफू झुक्किएको अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment