Comments Add Comment

कोरोनाबाट बच्न अमेरिका छाड्दै चिनियाँ

१२ चैत, काठमाडौं । अमेरिकाभर कोरोना भाइरसको प्रकोप फैलिएसँगै चिनियाँ विद्यार्थीले अमेरिका छाड्न थालेका छन् ।

उनीहरु हजारौं डलर खर्च गरेर निजी विमानबाट घर जान थालेका छन् । अहिले विश्वभर अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेसँगै विद्यार्थीहरु ६० घण्टाको ट्रान्जिट हुँदै घर पुग्ने गरेका छन् ।

सांघाईका वकिल जेफ गोङले विस्कोन्सिनमा माध्यममिक तहमा पढ्ने छोरीलाई व्यक्तिगत खर्च र टिकटको लागि गरेर २५ हजार ४६० डलर खर्च गरेर निजी विमानमार्फत् चीन बोलाए । गोङका अनुसार छोरीले उनलाई आफू केवल घर फर्किन चाहेको बताइन् । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरु अहिले धमाधम अमेरिका छाड्न थालेका छन् ।

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का बिरामिको संख्या ५० हजार कटेसँगै त्यहाँ रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्किन थालेका हुन् । अहिले चीनमा स्थानीय रुपमा नयाँ संक्रमित फेला पर्न छाडेका छन् । मंगलबार चीनमा व्यावसायिक उडानका ३ हजार ८०० मध्ये ३ हजार १०२ ओटा उडान रद्द गरिएको थियो ।

निजी उडानकी निर्देशक एन्नेलिस गार्कियाले शैक्षिक एजेन्ट र विद्यालयहरुले नै चिनियाँ विद्यार्थीहरु जम्मा पारी निजी विमान चार्टर्ड गरिरहेको बताइन् । तर, यसरी चार्टर्ड गरेर चीन जाने क्रममा पनि रोक लाग्ने भएको छ । चीनको बेइजिङमा सबै किसिमको चार्टर्ड विमानमा रोक लगाउने निर्णय गरिसकेको छ ।

अबको केही दिनमा सांघाईमा पनि यस्तै व्यवस्था लागू हुनसक्ने बताइएको छ । साथै चीनको लागि निजी विमानको उडानबाट लाग्ने खर्च पनि चुलिएको छ । अहिले प्रत्यक्षरुपमा उडान रोकिएको कारण खर्च पनि बढेको हो । यस विषयमा चीनको नागरिक उड्ययन प्रशासनले भने कुनै जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment