+
+
Shares

आर्यनको कविता–‘भित्रै बस, खुशी बस, मातृभुमीका लागि’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १४:४८

नायक आर्यन सिग्देल पनि अहिले घरमै छन । घरमै बसेपनि कलाकारहरुले विभिन्न तवरले सन्देशमुलक कुराहरु लेखिरहेका छन् । यसैविच, नायक आर्यन सिग्देलले भने एउटा कविता नै लेखेका छन् । उनले देशका लागि घरमै बस्न सबैलाई अपिल गरेका छन् ।

आर्यनले लेखेका छन–‘जिन्दगी बाच्नेहरुको लागि, बाँच्ने जिन्दगीको लागि । बाच्नु नै छ भने, बाँच अरुको लागि । आफनो जिन्दगी ठिक छ भने, त्रास बन्छौ किन अरुका लागि । भित्रै बस…खुशी बस…मातृभुमीका लागि ।’

आर्यनले सबैलाई घरमै रहन र सुरक्षित रहन अपिल समेत गरेका छन । नेपाल सरकारले एक साता लक डाउनको घोषणा गरेसँगै कलाकारहरु पनि घरमै परिवारसँग बसिरहेका छन् । उनले, आफनो जिन्दगी ठिक छ भने अरुका लागि त्रास नबन्न अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?