+
+

कतार एयरबाट आएका पाँचथरका दुई युवक पनि टाँडी क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १७:०७

१२ चैत, विराटनगर । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका पाँचथरका दुई जना युवकलाई मोङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाको सूर्यदल गणको परिसरमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई लगिएको छ । उनीहरु फाल्गुनन्द र फिदिमका स्थायीबासी हुन् ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले स्थानीय प्रहरीको सम्पर्कमा आएका उनीहरुलाई गएराति २ बजे टाँडीस्थित क्वारेन्टाइनमा ल्याइएको हो ।
उनीहरुको परिवारका सबै सदस्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । स्थानीयबासीले घरको क्वारेन्टाइनमा राख्न मञ्जुरी दिएपछि उनीहरुकोे परिवारका सदस्यहरुलाई घरको क्वारेन्टाइनमा राखिएको हो । उनीहरुको निगरानी स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले गर्ने सहमति भएको छ ।

उनीहरुको परिवारलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएका छ । तर उनीहरुमा कुनै स्वास्थ्यमा समस्या नदेखिएको मन्त्री आङ्म्बोले जानकारी दिए ।

‘प्रदेश सरकारको समन्वयमा संक्रमित युवतीसँगै विमानमा आएका पाँचथरका दुई व्यक्तिको पहिचान गरेर उनीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिसकेका छौं,’ मन्त्री आङ्म्बोले भने, ‘उनीहरुको परिवारका सदस्यको हकमा तत्काललाई घरको क्वारेन्टाइनमा राखिएको छ’ ।

कोरोना संक्रमित युवती आएकै विमानमा दुवै जना चैत ४ गते काठमाडौं ओर्लिएका थिए । काठमाडौंबाट बस चढेर उनीहरु झापाको विर्तामोड हुँदै पाँचथर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?