Comments Add Comment

इंगल्याण्डको नेशनल लिगभन्दा तलका फुटबल रद्ध

१४ चैत, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले विश्व फुटबल प्रभावित छ । सबैखाले फुटबल खेल स्थगित छन् । इंग्ल्याण्डको पाँचौ श्रेणीको लिग फुटबल नेशनल लिगभन्दा तलका सबै फुटबल यो सिजनको लागि अन्त्य गरिएको छ ।

नेशनल लिगभन्दा तलका तीन वटा डिभिजन अन्त्य भएको छ । यससंगै सबै रिजल्टहरु पनि हटाइएको छ । यसको अर्थ अब यी लिगमा कुनै बढुवा वा घटुवा हुने छैन ।

तर नेशनल लिग, नेशनल लिग नर्थ, नेशनल लिग साउथ, वुमन्स सुपर लिग र वुमन्स च्याम्पियनसिप भने जतिसक्दो चाँडो अन्त्यतिर लगिने इंग्ल्याण्डको फुटबल एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले पुरुष एफए कप सम्पन्न गर्नका लागि सबै प्रयास गर्ने जनाएको छ । एफए कप अहिले क्वाटरफाइनल चरणमा पुगेको छ । यस्तै अरु प्रतियोगिताबारे पनि एसोसिएसनले विचार गरिरहेको जनाएको छ ।

‘इंग्लिस फुटबलको लागि यो चुनौतीपूर्ण अवस्था हो र सबैखाले निर्णय खेलको राम्रोका लागि गरिएको हो,’ एसोसिएसनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एसोसिएसनले यस्तो अवस्थामा आफ्नो प्राथमिकता क्लब खेलाडी स्टाफ अफिसियल भोलिन्टियर र समर्थकको सुरक्षा एवम् कल्याण रहेको जनाएको छ ।

यो निर्णय इंग्ल्याण्डको नन लिगअन्तर्गत तेस्रोदेखि सातौँ तहसम्म लागु हुने एसोसिएसनले जनाएको छ । त्यसभन्दा तलका ग्रासरुट डिभिजन फुटबल पनि सकिएको जनाएको छ ।

इंग्ल्याण्डको प्रिमियर लिग लगायत उच्च लिगहरु रद्ध गर्ने वा के गर्ने भन्ने निर्णय अझै हुन बाँकी छ ।

यस्तै महिला फुटबलमा पनि तेस्रोदेखि सातौँ तहसम्मका फुटबल अन्त्य गरिएको छ । पुरुष फुटबलअन्तर्गत नन लिगमा जर्सी बुल्स र भाउक्सहल मोटोर्स पाँचौ तहमा बढुवा भइसकेका छन् । तर अब उक्त बढुवा पनि रद्ध भएको छ ।

कम्बाइन्ड काउन्टिज फुटबल लिग डिभिजन वानमा जर्सी बुल्सले २७ वटा खेल जितेको थियो । शीर्ष स्थानमा रहेको बुल्स २० अंकले अगाडि थियो ।

यो पनि पढ्नुहोस प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment