
१४ चैत, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको तलव जम्मा गर्ने भएका छन् ।
शुक्रबार बसेको स्वकीय सचिवालयको बैठकले १ महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।
स्वकीय सचिवालयमा ५ जना कर्मचारी कार्यरत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4