+
+

युटुबमा आँचल र उदिपको बिहेको भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १३:०३

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको बिहेको चर्चा खुबै भयो । बिहेको पार्टीमा आँचलले लगाएको पहिरन र हेलिकप्टरको चर्चाले सामाजिक संजाल रंगियो ।

अब, दर्शकले आँचल र उदिपको बिहेको भिडियो समेत हेर्न पाउने भएका छन । आँचल शर्माको नाममा तयार भएको युटुब च्यानलमा उनीहरुको भिडियो अपलोड हुनेछ । आँचलले युटुबमा बिहेको भिडियोको ट्रेलर सार्वजनिक गरेकी छिन ।

हुनत, कलाकारहरुले बिहेको भिडियो आफनै युटुब च्यानल तयार पारेर सार्वजनिक गरेको यो पहिलो घटना होइन । नायिका वर्षा राउत र नायक संजोग कोइरालाले पनि बिहेको भिडियोसँगै घुमघामको भिडियोलाई युटुबमा सार्वजनिक गर्ने गरेका छन् ।

अन्य कलाकारले पनि युटुबमा भिडियो सार्वजनिक गरिरहेका छन । अब, यो सुचीमा आँचल र उदिप पनि थपिएका छन । आँचल र उदिपले फागुणको २९ गते बिहे गरेका थिए । उनीहरुको बिहे निकै भव्य रुपमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?