Comments Add Comment

कोरोनाका कारण स्पेनमा थप ७६९ जनाको मृत्यु

१४ चैत, काठमाडौं । स्पेन कोरोना भाइरस (कोभिड-१९) बाट इटलीपछि सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ९६९ जनाको मृत्यु हुँदा स्पेनमा ७६९ जनाको ज्यान गएको छ । यो कोरोनाका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

बीबीसीकाअनुसार कोरोनाका कारण नर्सिङ होममा रहेकाहरु बढी प्रभावित भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ८७१ नयाँ संक्रमित भेटिएका छन् । र, कुल संक्रमितको संख्या ६४ हजार ५९ पुगेको छ ।

उनीहरु मध्ये ४ हजार ८५८ को मृत्यु भएको हो भने ९ हजार ३५७ जना पूर्ण रुपमा निको भएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले आपतकाललाई १२ अपि्रलसम्म लम्ब्याएको छ र मानिसहरुलाई घरमै बस्न भनिएको छ । अस्पताल सफाई लगायतका कामका लागि सेना परिचालन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै फ्रान्समा पछिल्लो २४ घन्टामा ३६५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या १ हजार ६९६ पुगेको छ । यसैगरी जर्मनीमा थप ५५ जनाको मृत्यु भएको छ भने ५ हजार ७८० नयाँ संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment